दाङ । दाङमा बसको ठक्करबाट एक स्कुले बालकको ज्यान गएको छ । घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर १८ दुधरासमा बसको ठक्करबाट स्कुले बालकको ज्यान गएको हो । ज्यान गुमाउनेमा तुलसीपुर १८ स्थित जनकल्याण माध्यमिक विद्यालयका सागर चौधरी रहेको प्रहरीले जनाएको छ ।
दाङमा बसको ठक्करबाट स्कुले बालकको मृत्यु
