दाङ। दाङको तुलसीपुरमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् । तुलसीपुर उपमहानगरपालिका –१५ पहरुवा निवासी १८ वर्षीय धारा रैदाश बिहीबार दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घरदेखि करिब ६० मिटर दक्षिणतर्फ तुलसीपुर उपमहानगरपालिका –१६ मा रहेको एमटी इट्टा भट्टाले बनाएको खाली टहराभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृत भेटिएकी किशोरीलाई बाख्रा चराउन गएका गोठालाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालिका मृत भेटिए पनि कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
