Indrenionline.com

स्थापना दिवशमा रक्तदान र शैक्षिक सामग्री सहयोग

घोराही । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले ३० औं स्थापना दिवश मनाएको छ । संस्थाले स्थापना दिवशको अवसरमा रक्तदान तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।

रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका थिए । जसमा आकाश योगी, विवेक रावत, समीर भण्डारी, सुष्मा बि.क, चन्द्र डाँगी, कल्पना डाँगी, अम्भीका वली, संगीता राई, माधवकुमार राई, रञ्जीता नेपाली, रमेश नेपाली, सहिल डाँगी, पंयुशनाथ योगी, अनिल अधिकारीले रक्तदान गरेका थिए ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जेहेन्दार तथा अति विपन्न परिवारका १५ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु सहयोग गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख डिसीले नेपाल महिला सामुदायिक सेवा केन्द्रले सामाजिक रुपान्तरणको क्षेत्रमा अतुलनिय योगदान गरेको बनाइन् । उनले ३० बर्षको यात्रामा यस संस्थाले विपन्न तथा पछाडी पारिएको समुदायको लागि काम गरेको बताउदै धेरै महिलाहरुलाई जिवन जिउन सक्ने बनाएको बताइन् ।

कार्यक्रममा विशिष्ठ अतिथि रक्त सञ्चार केन्द्रका ठाकुर पौडेलले नेपाल महिला सामुदायिक सेवा केन्द्रले क्यालेण्डरमै राखेर हरेक बर्ष स्थापना दिवशमा रक्तदान गर्ने गरेको भन्दै लामो समयदेखी संस्थागत सहकार्य रहेको बताए ।

स्वावलम्बी तथा चेतनशिल महिला समाजको सृजना गर्ने परिकल्पना स्थानीय सिप तथा श्रमको उपयोग गरेर सामाजिक शसक्तीकरण तथा आर्थिक सशक्तिकरण गर्ने ध्यय र लक्ष्यकासाथ स्थापना भएको नेपाल महिला सामुदायिक सेवा केन्द्रले दिगो शान्ति स्थापनाका लागी सामुदायिक जागरण बालिका शिक्षा, मानव अधिकार संरक्षण तथा प्रवद्र्धन, द्धन्द्ध प्रभावित क्षेत्र तथा समुदायको पुनःनिर्माण तथा पुर्नस्थापनामा सहयोग, वातावरण÷पर्यावरण संरक्षण तथा विपद व्यवस्थापन, लघुवित्त कार्यक्रम, सहकारी मार्फत सामुदायिक विकास र उद्यम विकास कार्यक्रम मार्फत युवाहरुमा स्वरोजगार निमार्ण लगायतका कार्यहरु गर्दै आएको छ ।