Indrenionline.com

आँखा पाक्ने रोग फैलिएपछि एक हप्ता विद्यालय बन्द

दाङ । आँखासम्बन्धी रोगको प्रकोपका कारण दाङको गढवा गाउँपालिकाका विद्यालय एक हप्ताका लागि बन्द भएका छन् । आँखासम्बन्धी रोगका बिरामी बढ्दै जान थालेपछि गाउँपालिकाले एक सूचना निकालेर आज आइतवारदेखि साउन २८ गतेसम्म विद्यालयमा पठनपाठन स्थगन गर्न अनुरोध गरेको हो ।

‘केही दिनयता विद्यालय तथा समुदायस्तरमा बालवालिकाहरूको आँखा चिलाउने, पाक्ने र रातो हुने समस्या बढिरहेको हुँदा त्यस समस्याबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्नका लागि मिति साउन २८ गतेसम्म यस पालिकाअन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरू बन्द गर्नु र गराउनु हुन आदेशअनुसार सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, गाउँपालिकाको शिक्षा शाखाले निकालेको सूचनामा उल्लेख छ ।

जिल्लाका अन्य क्षेत्रमा पनि व्यापक रुपमा यो समस्या देखिएको छ । आँखा पाक्ने ‘भाइरल फ्लु’ फैलिएपछि अस्पतालमा भीड पनि विरामी यसका विरामी बढेका छन् ।