दाङ । जंगुवा खोलामा माछा मार्ने क्रममा वेपत्ता घोराही ७ का सुनिल पुनको शव फेला परेको छ ।
पुनको शब डुवेको स्थानबाट ३०० मिटर तल प्रहरीले फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले पुनको शव आज दिउँसो हिलोमा गाडिएको अवस्थामा फेला पारेको हो । पुन चार दिन अगाडि वेपत्ता भएका थिए ।
