दाङ । नेपाल पत्रकार महासंघ दाङले रेडियो प्रकृति तुलसीपुर र तुलसीपुर खबर अनलाइनमा कार्यरत पत्रकार चेतन वलीमाथि भएको दुव्र्यवहारप्रति आपत्ती जनाएको छ ।
महासंघका अध्यक्ष दुर्गालाल केसी र सचिव आरके शितलले आज एक विज्ञप्ति जारी गरी पत्रकार वलीमाथि भएको दुव्र्यवहारप्रति गम्भीर आपत्ति प्रकट गरेका हुन् ।
“समाचारमा चित्त नबुझे खण्डन गर्ने र खण्डन नभए प्रेस काउन्सिलमा उजुरी गर्ने प्रावधान हुँदाहुँदै पत्रकारलाई समाचारकै बिषयलाई लिएर गाली गलौज गर्ने र दुव्र्यवहार गर्ने कार्य निन्दनिय छ । आगामी दिनमा यस्ता कार्य नगर्न र प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित पक्षहरुलाई सचेत गराउन चाहन्छौँ”, विज्ञप्तिमा भनिएको छ ।
