घोराही । सञ्चार तथा सूचना प्रविधिमा महिलाहरुको पहुँच अभिबृद्धिका लागि जनचेतना मूलक कार्यक्रम बिहिवार घोराही उपमहानगरपालिका १७ बर्गदीमा सम्पन्न भएको छ ।
सुचना तथा सञ्चार प्रविधि मन्त्रालय र नेपाल टेलिकमको आयोजना तथा स्वच्छ नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । स्वच्छ नेपालका अध्यक्ष बिन्दु आचार्य गिरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका १७ वडाध्यक्ष रामलौटन चौधरीको प्रमुख आतिथ्यताका सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि चौधरीले सञ्चार तथा सूचना प्रविधिको प्रयोगमा ग्रामिण वस्तीस्तरका महिलाको पहुुँच अनिवार्य आवश्यकता रहेको बताएका थिए । जसले सामाजिक रुपान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्न सक्ने उनको भनाई थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्इक्ष बसुन्धरा गौतमले सहभागितहरु सुुचना तथा सञ्चार बिषयमा विषयवस्तुुमा बारे प्रशिक्षण दिएकी थिइन । उक्त कार्यक्रममा घोराही उपमहानगरपालिका १७ का ४० जना महिलाहरुको सहभागिता रहेको थियो ।
