लमही । दाङ लमहप् नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०८१ का लागि ८५ करोड ४५ लाखको बजेट सार्वजनिक गरेको छ । आइतवार सम्पन्न नगरसभाबाट लमही नगरपालिकाले ८५ करोड ४५ लाख ७६ हजार आठ सय १९ रुपैयाँको बजेट ल्याएको हो । उक्त नगरपालिकाले गत वर्षको भन्दा बजेट झण्डै आधा घटाएको छ । गत आवमा उक्त नगरपालिकाले एक अर्ब ३९ करोड ८० लाख २० हजारको बजेट ल्याएको थियो ।
नगरसभामा उपप्रमुख लक्ष्मी योगीले संघीय सरकार समानीकरण तर्फ १३ करोड ७५ लाख, संघीय सरकार राजश्व बाँडफाँड १३ करोड २४ लाख २९ हजार, संघीय सरकार समपूरक अनुदान ५० लाख बजेट आय प्रस्तुत गरेकी थिइन् । यस्तै संघीय सरकार सशर्त अनुदान २४ करोड १३ लाख, प्रदेश सरकार समानीकरण एक करोड तीन लाख ३९ हजार, प्रदेश सरकार सशर्त अनुदान एक करोड १९ लाख, प्रदेश सरकार समपुरक अनुदान एक करोड ५० लाख, आन्तरिक श्रोत ११ करोड १२ लाख ५० हजार, राजश्व बाँडफाँड स्थानीय १२ करोड ८ लाख ५० हजार, बैंक मौज्दात आन्तरिक श्रोत ५ करोड गरी ८५ करोड ४५ लाख ७६ हजार ८ सय १९ रुपैयाँको बजेटको सिमा तोकेको छ ।
बजेटमा प्रशासनिक खर्च १५ करोड ५८ लाख ६० हजार, आर्थिक बर्ष २०७९÷८० को भुक्तानी बाँकी १२ करोड, समपुरक कोष ३ करोड, क्रमागत आयोजना १० करोड विनियोजन गरिएको छ । यस्तै शिक्षा युवा तथा खेलकुद शाखामा एक करोड ८१ लाख, स्वास्थ्य शाखामा ५० लाख, कृषि शाखामा ५० लाख, पशु सेवा शाखामा ५० लाख, विपत् व्यवस्थापन तथा सरसफाइ शाखामा २५ लाख, न्यायिक समितिमा १५ लाख, पर्यटन शाखामा पाँच लाख, विपत् व्यवस्थापन कोषमा ७५ लाख बजेट विनियोजन गरिएको छ ।
