तुलसीपुर । केही दिनदेखि बढ्दै गएको अत्याधिक गर्मीका कारण तुलसीपुर क्षेत्रका विद्यालय पाँच दिन बन्द हुने भएका छन् ।
उपमहानगरपालिका अन्तर्गत रहेको शिक्षा समितिले गर्मीका कारण विद्यालय बन्द गर्ने निर्णय गरेपछि शिक्षा शाखाले एक विज्ञप्ती जारी गर्दै सामुदायिक र संस्थागत विद्यालयलाई तोकिएको मितिसम्म विद्यालय बन्द हुने भएका हुन् ।
