Indrenionline.com

बिहीबारदेखि दादुरा रुवेलाबिरुद्धको खोप अभियान शुरु

दाङ । दाङमा आउदो बिहीबारदेखि दादुरा रुवेलाबिरुद्धको खोप लागइने भएको छ । खोपअभियानअन्तर्गत दाङमा छ महिनादेखि १५ वर्षमुनिका दुई लाख २१ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जिल्लास्तरीय खोप समन्वय समितिले जनाएको छ ।

खोप लगाउनका लागि भौगोलिक अवस्थाअनुसार ३० देखि दुई सय ५० जनासम्म बालबालिकालाई लक्षित गरी ८०१ ठाउँमा खोप केन्द्र तोकिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत बामदेव खनालले बताए ।

दाङमा खोप अभियानलाई दुई खण्डमा विभाजन गरिएको छ । जसमध्ये जेठ २५ देखि ३१ गतेसम्म घोराही, लमही, बंगलाचुली, राजपुर र राप्तीमा लगाइने छ भने ३१ देखि असार ७ गतेसम्म तुलसीपुर, शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकामा खोप लगाइनेछ ।

खोप अभियानको तयारीका लागि आइतबार घोराहीमा अभिमुखीकरण तथा समन्वय बैठक गरिएको छ । कार्यक्रम जिल्लास्तरीय खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरुबीच गरिएको थियो ।