दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले घर भाडा घटाई व्यवसायी बचाउन घरधनीहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष टंकसिंह वुढाथोकी र महासचिव महेन्द्र वुढाथोकीले मंगलबार एक विज्ञप्ती जारी गरी यस्तो आग्रह गरेका हुन् ।
विभिन्न व्यवसायिक सटर तथा घर टहराहरुको भाडा घटाएकोमा घरधनीलाई धन्यवाद दिँदै संघले अन्य घरधनीहरुले पनि व्यवसायीहरुलाई राहत दिन आग्रह गरेको छ ।
