Indrenionline.com

प्रेस युनियन दाङको अध्यक्षमा खड्का

दाङ। नेपाल प्रेस युनियन दाङको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा नारायण खड्का निर्वाचित भएका छन् । अधिवेशनले खड्कालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । खड्का यसअघि कार्यवाहक अध्यक्ष थिए ।

घोराहीको बाह्रकुनेमा शनिबार भएको अधिवेशनले खुला उपाध्यक्षमा गोपाल शर्मा भट्टराई र किरणविक्रम शाह र महिला उपाध्यक्षमा पार्वती बस्नेत चयन भएका छन् । त्यस्तै सचिवमा अमरक्षितिज भण्डारी, सहसचिवमा सन्तोष केसी र उमा भण्डारी, कोषाध्यक्षमा लीलाधर वली र सहकोषाध्यक्षमा सुशीला वली निर्वाचित भएका छन् । अधिवेशनले सदस्य पनि निर्वाचित गरेको छ ।

जिल्ला अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मिडियामैत्री कानुन निर्माणमा भूमिका खेल्ने प्रतिबद्धता बताए ।