दाङ । प्रेस सेन्टर दाङको वार्षिक साधारणसभा घाराहीमा सम्पन्न भएको छ । सेन्टरका जिल्ला अध्यक्ष पाण्डव शर्माको अध्यक्षता तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।
सो असरमा शुभकामना व्यक्त गर्ने वक्ताहरुले प्रेस स्वतन्त्रताको लागि प्रेस सेन्टरले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा पनि प्रेस स्वतन्त्रता र श्रमजीवि पत्रकारहरुको हक अधिकारका लागि कार्यमा निरन्तरता दिन आग्रह गरेका थिए ।
कार्यक्रममा प्रेस सेन्टरका लुम्बिनी प्रदेश इन्चार्ज अजयदिप शर्मा, प्रदेश अध्यक्ष मानसिंह विक, सचिव भुपेन्द्र ओली, केन्द्रीय सदस्य लक्ष्मी आचार्य, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसी, प्रेस युनियनका पूर्व अध्यक्ष सन्तोष सुवेदीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
सेन्टरले साधारणसभाबाट आठ बुँदे घोषणापत्र जारी समेत गरेको छ ।
घोषणापत्र यसप्रकार छ :
प्रेस सेन्टर नेपाल दाङको वार्षिक साधारणसभाबाट पारित ८ बुदे दाङ घोषणा पत्र
मिति : २०७९ फागुन २७
१. प्रेस सेन्टरले स्थापना कालदेखि जनपक्षिय पत्रकारिताको आन्दोलनमा गरेको योगदानको उच्च कदर गर्दै निरन्तर जनपक्षिय पत्रकारितामा थप दृढताका साथ एकतावद्ध भई उभिने प्रतिवद्धता ब्यक्त गर्दछौं ।
२. द्धन्द्धकालमा निर्ममता पूर्वक हत्या गरिनु भएका महान शहीद पत्रकार कृष्ण सेन इच्छुकको मृत्युको यथार्थ विवरण सार्वजनीक गर्न र हत्याराहरुलाई कारवाहीको दायरामा ल्याउनेगरी सरकारमाथी दवाव सृजना गर्न प्रेस सेन्टरको यो साधारणसभा जोडदार माग गर्दछ ।
३.श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षा, भौतिक सुरक्षाप्रति मुलुकको गणतान्त्रिक संविधानले प्रदान गरेको हक तथा अधिकारलाई कटिबद्ध भएर कार्यान्वयन गर्न गराउन सम्बन्धित सरोकारवाला निकायहरुलाई जोडदार माग गर्दछौं ।
४.साना लगानीका सञ्चार माध्याम तथा न्यू मिडियाको रुपमा स्थापित अनलाईन मिडियालाई समानुपातिक विज्ञापन उपलब्ध गराउन संघीय,प्रदेश तथा स्थानीय सरकार समक्ष जोडदार माग गर्दछौं ।
५.प्रेस सेन्टरले यस जिल्लामा श्रमजिवि पत्रकार ऐन कार्यान्वयनको लागि पहल गरेको भए पनि त्यसको सन्तोषजनक परिणाम नदेखिएकोले श्रमजिवि पत्रकार ऐन कार्यान्वयनको लागि सबै सञ्चार संस्थाहरुलाइ आग्रह गर्दै सो ऐन कार्यान्वयनका लागि ठोस कदम चाल्न जोडदार माग गर्दछौं ।
६. जिल्लाका स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सुचना अहिले पनि जिल्ला बाहिरका मिडियामा गईरहेकाले यसलाई रोकेर जिल्लाकै पत्रिका, रेडियो र अनलाईनमा समानुपातिक रुपमा उपलब्ध गराउन यो साधारणसभा सरकारसंग माग गर्दछ ।
७. लमही–घोराही–तुलसीपुर सडक विस्तारमा भएको ढिलाईले आम नागरिकले सास्ती भोग्नु परेको कुरा सर्वविदितै छ । यसलाई तत्काल निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षलाई यो साधारणसभा दवाव दिन्छ ।
८. १२ बुदे समझदारी, बृहत शान्ति सम्झौता तथा मुलुकको संविधान विपरित द्धन्द्धकालिन घटनाहरुलाई नियमित अदालतमा प्रवेश गराउनु प्राप्त उपलब्धीमाथिको प्रहार रहेको हाम्रो ठहर छ । द्धन्द्धकालिन सबै मुद्दाहरु सत्य निरुपन तथा मेलमिलाप आयोग मार्फत निरुपन गर्न यो साधारणसभा माग गर्दछ ।
घोषणापत्र तयार पार्ने
अध्यक्षः पाण्डव शर्मा
सहसचिबः दीपक बोहरा
