Indrenionline.com

शुरु भयो धारापानीमा महाशिवरात्री मेला

मदिरा वेचबिखन र सेवनमा निषेध
दाङ, ५ फागुन । दाङको प्रशिद्धतिर्थ स्थल धारापानीमा आजदेखि महाशिवरात्री मेला सुरु भएको छ ।

बिगतका बर्षमा शिवरात्रीका दिन मेला लाग्दै आएकोमा यस बर्ष ३ दिन सम्ममेला सञ्चालन गर्ने मन्दिर व्यवस्थापन समितिले निर्णय गरेको थियो । जस अनुशार आज बिहानै देखि सयौं भत्तजन तथा व्यापारीहरुको चहलपहल सुरु भएको छ । मेलालाई व्यवस्थित बनाउन बिभिन्न उपसमिति गठन गर्नुका साथै सुरक्षा व्यवस्था समेत मजबुत पारिएको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव तथा प्रवक्ता विष्णुराम आचार्यले जानकारी दिए ।

मेलालाई भव्य र व्यवस्थित बनाउन १८ वटा बिभिन्न उपसमिति गठन गरी परिचाल नगरिएको छ । मेलामा यातायात व्यवस्थापन अन्तरगत पार्किङ शुल्क र व्यापारका लागि स्टलको दररेट समेत तोकिएको छ ।

यस्तै मेला अवधिभर फागुन ५,६ र ७ गतेका लागि मोटरसाइ किलका लागि रु १०, अटो रिक्सा तथा टेम्पोका लागि रु २५,जिप तथा कारका लागि रु ३० सानो ठुलो टेक्टरका लागि रु ५० र मिनिवस,वस तथाट्रककालागि एक सय रुपैया पार्किङ शुल्कतोकिएको छ । मेलामामदिरा बेचबिखन तथा सेवनलाई निषेध समेत गरिएको छ ।

फाुगन ४ गते राति १२ बजेदेखि फागुन ७ गते राति १२ वजे सम्म पूर्वमा धार्मिक बनको सिमानाभलाई सोता, पश्चिममा पिच सडक, उत्तरमा बवई नदि र दक्षिणमा धार्मिक बन सिमानासम्म मदिरा जन्यवस्तुको बेचबिखनतथा सेवनमा निषेध गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिए ।