Indrenionline.com

प्रदर्शनीले स्थानीय उत्पादन बजारिकरणमा टेवा पुग्नेछ : मन्त्री शर्मा

घोराही । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९ सुरु भएको छ ।

“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीको सञ्चार तथा सुचना प्रविधी मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्मा उद्घाटन ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष एवं आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले देशको अर्थतन्त्र बलियो बनाउनका लागि स्थानीय उत्पादनको बजारीकरणका लागि यस्ता प्रदर्शनीहरुले महत्वपूर्ण भूमीका निर्वाह गर्ने बताइन् ।

साना तथा घरेलु उद्योग एवं स्थानीय किसानहरुले उत्पादन गरेको वस्तुहरुको बजारिकरणका लागि यस प्रदर्शनीले भूमीका खेल्ने अपेक्षा व्यक्त गर्दै मन्त्री शर्माले यस प्रदर्शनीले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर निशुल्क स्टल उपलब्ध गराएको आयोजकलाई धन्यवाद व्यक्त गरिन् ।

दाङ जिल्ला साना उद्योग र कृषीको क्षेत्रमा राम्रो सम्भावना बोकेको जिल्ला भएकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिन सम्पूर्णमा अनुरोध गर्दै उनले स्थानीय उत्पादनले रोजगार श्रृजना गर्ने बताइन् ।

कार्यक्रममा विशिष्ठ अतिथि संविधानसभा सदस्य एवं प्रदेश सभा सदस्य राजु खनालले कृषी उत्पादनलाई प्राथमिकता दिएर यस्ता प्रदर्शनीले बजारिकणमा सहयोग गर्ने बताएका थिए । आर्थिक समृद्धिका लागि स्थानीय उत्पादन आवश्यक रहेको उनको भनाइ थियो । स्थानीय कच्चा पदार्थको सदुपयोग गरेर उत्पादनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पेख्रेलले दाङमा विभिन्न समयमा भएका महोत्सवहरुले केही स्थानीय उत्पादनहरुलाई स्थापीत गरेकाले यस प्रदर्शनीले पनि स्थानीय उत्पादनको बजारिकरणमा भूमीका खेल्ने बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष नेत्र पाठकले महासंघले विभिन्न जिल्लाहरुमा प्रदर्शनी आयोजना गरिरहेको र दाङ शाखाले आयोजना गरेको प्रदर्शनीले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्मा पचिरित गराउने बताए ।

घोराही उपमहानगरपालिकाका उपप्रमुख स्थानीय तहहरुले पनि स्थानीय उत्पादनहरुलाई प्राथमीकता दिईरहेकाले यस प्रदर्शनीले त्यसलाई थप बजारिकरण गर्ने बताए ।

कार्यक्रममा नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी, नेकपा माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज निर्मल आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टिका जिल्ला अध्यक्ष भक्त डाँगी, नेकपाका केन्द्रिय सदस्य सम्झाना सी, प्रेस काउन्सील नेपालका सदस्य सरद अधिकारी, घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष भानसिं बुढा, नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रीयासन, दाङ जिल्ला उद्योग वणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, चेम्बर अफ कमर्स दाङका अध्यक्ष बलदेव योगी, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमपूर्व घोराहीको ट्राफिक चोकबाट शोभायात्रा निकालिएको थियो । शोभायात्राले घोराही बजारको परिक्रमा गर्दै प्रदर्शनी स्थलमा पुगेको थियो । शोभायात्रामा विभिन्न जातजाति, संघसंस्थाका झाँकी प्रदर्शन गरिएको थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका वरिष्ठ उपाध्यक्ष लब अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण नविन पोख्रेल र आर.के.शीतलले गरेका थिए । महोत्सव फागुन १३ गतेसम्म चल्नेछ ।

बिहीवारका कलाकारहरु
प्रदर्शनीमा बिहीवार महोत्सवको दोस्रो दिन विभिन्न कलाकारहरुको प्रस्तुति रहने भएको छ । कलाकारहरु टंक तिमल्सीना, भूमीका गिरी, प्रकाश पराजुली, समीक्षा भुजेल, कोष खड्का, माधव खड्का लगायतको प्रस्तुती रहने छ ।