Indrenionline.com

पत्रकार महासंघको नयाँ सदस्यता खुल्ला

दाङ । नेपाल पत्रकार महासंघ दाङको नियमित बैठक सम्पन्न भएको छ । बैठकले नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको निर्देशन अनुसार महासंघको नयाँ सदस्यता खुला गर्ने गरेको छ । जसका लागि महासंघको नयाँ सदस्यताका लागि तोकिएको मापदण्ड पुरा गरी यही माघ २५ गतेसम्म फराम बुझाउनुपर्ने छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको ‘सुरक्षीत मिडिया परियोजना’ अन्तरगत स्थानीय तहको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमीका विषयक अन्तरक्रिया कार्यक्तम आयोजना गर्ने र २०७९ माघ १ गते कास्कीको पोखरामा भएको विमान दुर्घटनामा परी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलको निधन भएकाले मृतकको आत्माको चिरशान्तिको कामना सहित परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । बैठक महासंघका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको थियो ।