फिल्म क्षेत्रमा सदाबहार अभिनेताको रुपमा परिचित सुपरस्टार भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएको ६ महिना पुगेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको बोर्डको अध्यक्षमा साउन ९ गतेको मन्त्रिपरिषदको बैठकले उनलाई दुई वर्षका लागि नियुक्त गरेको थियो ।
केसीको नियुक्तिलाई लिएर चलचित्र वृत्तमा ठूलो आशा गरिएको छ । कार्यभार सम्हाल्दै गर्दा उनले नेपाली फिल्म क्षेत्रको विकासका लागि सहिद हुन समेत आफू तयार रहेको अभिव्यक्ति दिएका थिए । तर,नियुक्तिको ६ महिना बित्दासम्म केसीको कार्यकाल उपलब्धिमुलक हुने संकेत देखिएको छैन । यो ६ महिना उनले विदेश भ्रमण,सार्वजनिक कार्यक्रम,भेटघाटमा बढी खर्चिएको उनी निकट रहेकाहरू बताउँछन्
फिल्म अभिनय,निर्माण र निर्देशनमा भुवन जति सफल छन् । उनका विवादका किस्सा समेत अनेक छन् । चलचित्र विकास बोर्ड अध्यक्ष नियुक्त भएपछि पनि उनी विवादमुक्त रहन सकेनन् ।
