दाङ : दाङको तुलसीपुरमा हाइसले मोटरसाइकललाई ठक्कर दिंदा एक जना गम्भीर घाइते भएका छन् । मंगलबार बेलुका सवा ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका
६ मदनआश्रित चोक नजिक तुलसीपुरदेखि जस्पुर तर्फ जादै गरेको लु ७७ प ९०६६ नम्बरको मोटरसाइकललाई विपरित दिशा तर्फबाट आउँदै गरेको रा १ ख २८७२ नम्बरको हाइसले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका ११ उरहरी निवासी ३२ वर्षका कृष्ण चौधरी रहेका छन् । उनको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ । साथै गाडी र चालकलाई ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले नियन्यणमा लिएको छ ।अनलाइन राप्ती
