इन्द्रेणी संवाददाता
दाङ, ११ मंसिर । नेपाल पत्रकार महासंघ दाङले आउदो पुस ४ गते स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।
त्यस्तै महासंघले महासंघ केन्द्रिय परिपत्र अनुसार २०७९ मंसिर २५ गतेसम्म शाखा सदस्यहरुलाई सदस्यता नविकरण गर्न अपिल गर्नुका साथै अपील गर्ने र पत्रकारितामा क्रियाशील नभएका सदस्यहरुलाई सदस्यता नविकरण नगरेर पत्रकार शुद्धिकरणमा सहयोग गरिदिन अनुरोध गरेको छ ।
त्यस्तै ‘सभ्य समाजको पहिचान: लैंगिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नाराकासाथ सञ्चालनमा भइरहेको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत फ्रि मिडिया नेटवर्कसँगको समन्वयमा मंसिर १४ गते घोराहीमा छलफल कार्यक्रम गर्ने, हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लाबाट उम्मेदवारहरुलाइ बधाईसहित सम्मान गर्ने महासंघले निर्णय गरेको छ । बैठक महासंघका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको थियो ।