तुलसीपुर, २९ कार्तिक । मंसिर ४ गतेको आमनिार्वचन नजिकिदै गर्दा घरदैलोमा रहेका उम्मेदवारले विभिन्न आश्वासन जनतालाई बाँडिरहेका छन् ।
बसपार्क क्षेत्रका लालपुर्जा विहिनले नगरपालिकाले हटाउन लागेको हल्ला सुनेको भन्दै गुनासो गरेपछि वलीले हल्लाको पछि नलाग्न पनि आग्रह गरिन् । नगरपालिकाले जनताको इच्छा विपरित काम नगर्ने भन्दै यो विषयमा छलफल गरेर समाधानको खोजी गर्ने बताइन् ।
यस्तै चुनावी सभामा प्रदेश सभाका उम्मेदवार घनश्याम पाण्डेले अझै पनि वसपार्क क्षेत्रलाई ब्यवस्थित बनाउने कार्य बाँकी रहेकोले आफुले पुरा गर्ने बताए । उनले बसपार्क क्षेत्र सहितका जनतालाई लालपुर्जा दिलाउन एमाले सरकार लागे पनि गठबन्धन सरकारले भुमि आयोग खोरज गरेर जनतालाई सकुम्बासी बनाउन चाहेको आरोप लगाए ।