Indrenionline.com

पछिल्लो तीन महिनामा न्यायीक समितिमा ४० मुद्दा दर्ता

इन्द्रेणी संवाददाता
दाङ, २१ कार्तिक । चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा घोराही उपमहानगरपालिका अन्तर्गतको न्यायीक समितिमा विभिन्न ४० वटा मुद्दा दर्ता भएका छन् । जसमा दश वटाको विवाद समाधान भइसकेको न्यायीक समितिका संयोजक एवं घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीले जानकारी दिएकी छन् ।

उपमेयर डिसीका अनुसार पछिल्लो तीन महिनामा सबैभन्दा वढी लेनदेनका १८ वटा मुद्दा दर्ता भएका छन् । ४० मध्ये ३० वटा भने मेलमिलाप प्रक्रियामा रहेका छन् । उपमेयर डिसीले गएको तीन महिनामा न्यायीक समितिले गरेका कामकारवाही सार्वजनिक गर्दै गएको आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका २१ मुद्दामध्ये १२ वटा मेलमिलाप भइरहेको जानकारी दिएकी छन् । कार्यक्रमा मेयर नरुलाल चौधरीले सभ्य र विवादरहित समाज निर्माण .गर्न न्यायीक समितिले काम गरिरहेको बताए ।