Indrenionline.com

बिजौरी–दहवन सडकखण्ड दशै अगावै खुल्ने

तुलसीपुर, ७ असोज । वर्षायाममा आएको पहिरोको कारण अवरुद्ध रहेको बिजौरी दहवन सडकखण्ड दशै अगावै खोलिने भएको छ । तुलसीपुर उपमहानगरपालिका र रुन्टीगढी गाउँपालिकाका प्रमुखबीच भएको छलफल पश्चात् अवरुद्ध सडक सञ्चालनका लागि दुवै पालिकाले आफ्ना यान्त्रिक साधनहरु प्रयोग गरेर सञ्चालनमा ल्याइने भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाभित्र पर्ने सडकखण्डमा आएको पहिरो तुलसीपुरले हटाउने भएको छ भने रुन्टीगढी क्षेत्रमा आएको पहिरो रुन्टीगढीले हटाउनुभएको छ । छलफलका क्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले पालिकाभित्र पर्ने सुंगुर खोलामा पालिकाकै बजेटमा संरचना निर्माण गरेर बाह्रै महिना सडक सञ्चालनमा ल्याएको बताए ।

वर्षायाममा सबैभन्दा बढी जोखिम रहेको रानीबास क्षेत्रमा पुल निमार्णका लागि पालिकाको तर्फबाट पुल निर्माणका लागि प्राविधिक सर्वे गरिएको उनको भनाइ छ ।

रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले सडक क्षेत्रमा पुल निर्माण गर्नका लागि पुलको डिटेल सर्वे गरेर प्रदेश संघ सरकारमाफ्त माग गर्नका लागि दुवै पालिकाका नेतृत्वको अग्रसरतामा मात्रै सम्भव हुने बताए