इन्द्रेणी संवाददाता
दाङ, २३ भदौ । दाङमा ट्रकले च्यापिदा ट्रक सहचालकको ज्यान गएको छ । घोराहीबाट भैसीको छाला लिएर विराटनगरतर्फ जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही ३ चौपट्टा नजिकै अनियन्त्रि भएर सहचालकलाई च्यापेका थियो ।
ट्रकले च्यापेर सोही ट्रकका सहचालक रुपन्देही रोहिणी गाउँपालिका ६ बस्ने अन्दाजी २६ वर्षका सखर खाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सहचालकको मृत्युपछि ट्रक चालक फरार छन् ।
