इन्द्रेणी संवाददाता
दाङ, १९ भदौ । दाङमा बस दुर्घटनामा परी १८ जना घाइते भएका छन् । वेलुका ४ बजेतिर घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना ४ ख ५१३१ नम्बरको तुलसीपुर उपमहानगरपालिका ७ हात्तीखौवामा बस अनियन्त्रीय भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
यसैबीच घोराही ३ मसोट नजिकै दाङबाट बुटवलतर्फ जाँदै गरेको ना ५ ख ८९२० नम्बरको बस पल्टिएको छ । बस पल्टिदा बसको मालिक राप्ती गाउँपालिका ४ का किशोर चौधरी र बसचालक विनोद चौधरी घाइते भएका छन् ।
