घोराही, १७ साउन । सामुदायिक प्रहरी सेवा केन्द्र घोराही दाङको ईञ्चार्जहरुको बिदाई तथा स्वागत कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । केन्द्रले सोमवार एक कार्यक्रमको आयोजना गरि ईञ्चार्जहरुको बिदाई तथा स्वागत गरेको हो ।
सामुदायिक प्रहरी सेवा केन्द्र घोराही दाङका अध्यक्ष आर.के.शीतलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बिदाई भएर जान लाग्नुभएका प्रहरी सहायक निरिक्षक दिपक शर्माले सामुदायिक सेवा केन्द्रमा रहदा सामाजिक अपराध विरुद्धको सचेतना कार्यक्रममा अतुलनिय योगदान पु¥याउनुभएको बताएका थिए ।
बिदाई भएर जानुभएका प्रहरी सहायक निरिक्षक शर्माले आफू सरुवा भएर जहाँ गएपनि समाज र राष्ट्रकालागी लागीपर्ने बताए । सामुदायिक प्रहरी सेवा केन्द्रमा सरुवा भएरु आउनुभएका ईञ्चार्ज दिपक थापाले केन्द्रको संस्थागत विकास र समाजकालागी योजना बनाएर काम गर्ने बताए ।