इन्द्रेणी संवाददाता
दाङ, १७ असार । घोराही उपमहानगरपालिकाअन्तर्गतको न्यायीक समितिमार्फ एक आर्थिक वर्षमा २१८ मुद्दाहरु टुङ्गो लागेका छन् । आर्थिक वर्ष २०७८/७९ मा गएको आर्थिक वर्षमा जिम्मेवारी सरी आएका र सो आर्थिक वर्षमा दर्ता हुन आएका गरी २१८ वटा मुद्दा टुंगो लागेका हुन् ।
पहिलेको न्यायीक समितिबाट यी कार्यसम्पादन भएका र नयाँ आएको न्यायीक समितिले पनि उपमहानगरपालिको न्यायीक समितिले हेर्न मिल्ने मुद्दाहरु सहजरुपमा सम्पादन गर्ने संयोजक डिसीको भनाइ थियो ।
न्यायीक समितिमा लेनदेन, जग्गा विवाद, कुलोपानी, घरभाडा, वातावरण, घरेलु हिंसा, गाली वेइज्यती, जग्गा रोक्का, मानाचामललगायतका मुद्दाहरु दर्ता हुन आउने गरेका छन् ।