दाङ, २० बैशाख । वैशाख ३० गते हुन लागेको पालिका चुनावका लागि दाङमा मतपत्र आइपुगेको छ । जिल्लामा मतदानका लागि आवश्यक मतपत्र निर्वाचन आयोगले पठाएको हो ।
मतदानको दिन नजिकिँदै जाँदा उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा व्यस्त भएका छन् भने आयोग चुनाव लक्षित तयारीमा जुटेको छ ।