सिसहनिया, २ फागुन । सिसहनिया उद्योग बाणिज्य संघले स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
कोरोना संक्रमण बाट सेवा ग्राहिलाई बचाउन साथै सुत्केरी महिलालाई प्रदान गर्ने गरि मास्क, सेनिटरी प्याड तथा आवस्यक औषधि स्वास्थ्य चौकीलाई प्रदान गरेको हो ।
स्वास्थ्य संस्थालाई सेवा प्रभाहमा सहजता ल्याउने उदेश्यका साथ सिसहनिया उद्योग बाणिज्य संघले १० बक्स सर्जिकल मास्क, १०० प्याकेट सेनिटरी प्याड तथा आवस्यक मात्रामा औषधि उपलब्ध गराएको सचिव मदन पोख्रेलले जानकारी दिएका छन् ।
स्वास्थ्य सामाग्री उपलब्ध गराउने कार्यक्रममा सिसहनिया उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद अधिकारी, उपाध्यक्ष युवराज सिंङ ठकुरी, महासचिव प्रकाश आचार्य, सदस्य गिर बहादुर ज्ञवाली, सल्लाहकार भरत पाण्डे, निवर्तमान अध्यष शान्तराज भण्डारी लगायतको सहभागिता रहेको थियो ।