Indrenionline.com

दाङमा कुकुरलाई बन्ध्याकरणसँगै रेविजविरूद्ध खोप

दाङ, १४ माघ । दाङका बजारहरुमा भस्याह कुकुरहरुको संख्या बढ्दै गएपछि कुकुरहरुलाई न्ध्याकरणसँगै रेविजविरूद्धको खोप लगाइएको छ । पाँच दिनको अवधिमा २ सय ७ कुकुरलाई रेविजविरूद्धको खोप लगाइएको छ भने १ सय ३१ वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।

घोराही उपमहानगरपालिका पशुु सेवा शाखाको आयोजना तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको प्राविधिक सहयोगमा गत आइतबारदेखि सुरू भएको पाँच दिने निःशुल्क कुकुरहरूको बन्ध्याकरण गर्ने र रेविजविरूद्ध खोप लगाउने कार्यक्रम सम्पन्न गरेको छ ।

एकदिने शिविरमा ५७ वटा सामुदायिक कुकुर र ७४ वटा घरपालुवा गरी एकसय ३१ वटा कुकुरलाई बन्ध्याकरण गरिएको छ । बिहीबार मात्रै ४३ कुकुरलाई खोप लगाउनुका साथै १७ कुकुरको बन्ध्याकरण गरिएको छ ।