देउखुरी, १२ माघ । राप्ती गाउँपालिकामा लैङिक समानता तथा सामाजिक समाबेशीकरण परिक्षण गरिएको छ ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालयले लैङिक समानता तथा सामाजिक समाबेशीकरणका क्षेत्रमा गरेका कार्य प्रगतिको बारेमा परिक्षण गरिएको हो ।
लैङ्गिक समानता सामाजिक परीक्षण बजेट तर्जुमा नीति, प्रक्रिया र संरचनाको लैङ्गिक सम्वेदनशीलता र जवाफदेहिता मापन गर्न, श्रोतको वांडफांटमा महिलाका आवश्यकता सम्वोधन भए नभएको विश्लेषण गनका लागि गर्ने गरिन्छ ।
नीति निर्माण र योजना तर्जुमा प्रक्रियामा महिलाका मुद्धालाई छलफलमा ल्याउन र सरोकारवालाहरुलाई उत्तरदायी वन्न उत्प्रेरित गर्न लैङ्गिक मूल प्रवाहीकरणको समग्र प्रक्रियमा योगदान दिने तर्फ उन्मुख लैङ्गिक सम्वेदनशील आर्थिक प्रतिवद्धता निर्माण गर्न सहयोग पु¥याउनका लागि गर्ने लैङ्गिक समानता सामाजिक परीक्षणले गाउपालिकाको योजनाका विभिन्न चरणमा लैससासलाई प्राथमिकिकरण तथा कार्यान्वयनमाप्रभावकारिता ल्याउनको लागि विस्तृत कार्य योजना तयार गर्न मदत गर्दछ ।