इन्द्रेणी संवाददाता
दाङ, १० माघ । झण्डै एक महिना पहिले प्रहरीको मोटरसाइकल लिएर फरार भएका घोराही कारागारका नाइके यमराज परियार पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय दाङका डिएपी मुकुन्द रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपाल भारत सीमा क्षेत्र बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाह नाकाबाट पक्राउ गरिएको हो ।
परियारले केही वर्ष पहिले जिल्ला कारागार घोराहीमा चौकिदार र पछि नाइके समेतको जिम्मा पाएका थिए ।
राजपुर ३ निवासी परियारलाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक समेत गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।