दाङ, २४ पुस । द्धन्द्धपीडित परिवारका लागि घोराहीमा अभिमुखिकरण तालिम सुरु भएको छ । घोराही उपमहानरपालिका वडा नं. १४ को आर्थिक सहायता र मगरभाषा साहित्य तथा संस्कृतिक प्रतिष्ठान दाङको आयोजनामा दुई दिने तालिम सुरु भएको हो ।
घोराही उपमहानगरपालिका वडा नंं १४ का अध्यक्ष शक्तिराम डाँगीले समाजमा हरेक बर्गलाई समेटर आफूले कार्यक्रम ल्याएको बताए । आर्थिक, सामाजिक, शैक्षिक बिषयलाई समेटर कार्यक्रम संचालन गर्दै आएको पनि उनले बताए ।