इन्द्रेणी संवाददाता
दाङ, २२ पुस । दाङमा विद्यालयका शिक्षक विद्यार्थीमा कोरोना देखिएपछि स्कूल बन्द भएको छ ।
तुलसीपुर मेट्रो हस्पिटलमा एक सय ६ जना विद्यार्थी र शिक्षकको एन्टीजेन जाँच गर्दा १० जनामा कोरोना देखिएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए । संक्रमित सबैको अवस्था सामान्य रहेको छ ।