दाङ, २० पुस । सामुदायिक वन समूहको भावना बिपरित सरकारले अनावश्यक करको बोझ बढाउने गरी वन ऐन संसोधन गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघले आज ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापनपत्रमा सामुदायिक वनमा कर र रोयल्टी शुल्क जस्ता कानुनहरु तर्जुमा गर्दा सरोकारवाला निकायसँगै छलफल नै नगरिएको भन्दै नयाँ ब्यवस्था खारेजीको माग ज्ञापनपत्रमा गरिएको छ ।
वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको नेतृत्वमा गएको टोलीमा केन्द्रीय सदस्य सावित्रा राना, जिल्ला सचिव जानका केसी, प्रवक्ता हेमराज शर्मा, नगर अध्यक्ष कर्णबहादुर बुढाथोकी, सचिव पार्वता योगी ऋषिराम चौधरी लगायतकाको सहभागिता रहेको थियो । आफूहरुको माग सम्वोधन नभए माघदेखि दोस्रो चरणको आन्दोलन गरिने ज्ञापनपत्रमा चेतावनी दिइएको छ ।