Indrenionline.com

राप्तीका दुई वस्तीमा सौर्य उर्जाबाट पानी

gjnk/f;Lsf] u'Gb|xl/ 9sfxf dWjtL{ ;fd'bflos jg leq l;d;f/ If]qdf udL{sf] df};ddf klg kfgL /lx/xf]; eg]/ uf8LPsf] ;f}o{ phf{af6 rNg] :jrflnt kfgL tfGg] af]l/¨ . jGohGt'sf] :yfoL af;:yfg lgdf{0fdf o;n] ;xof]u k'Ug] ljZjf; lnOPsf] 5 . tl:a/ M bof/fd cfrfo{, sfjf;f]tL, /f;;

देउखुरी, १७ पुस । राप्ती गाउँपालिकाको कार्यालय तथा नामसालिङ सामुदायिक विकास केन्द्रको सहकार्यमा वडा नं १ को माछिताल र खर्कमा सोलार सिस्टमबाट सिचाई तथा खानेपानिको काम सञ्चालन भैरहेको छ ।

वडा नं १ का दुई विकट बस्तीमा खानेपानी तथा सिंचाईको सर्बसुलभ सेवा प्रदान गर्ने उदेश्यका साथ सोलार लिफ्टिङ खानेपानी तथा सिंचाईको ब्यवस्था गरिएको हो ।

निर्माण सम्पन्न भएको माछितालको सोलार लिफ्टिङ सिंचाई र निर्माणको अन्तिम चरणमा रहेको खर्कको खानेपानी योजनाको स्थालगत अनुगमन गरिएको छ ।

माछितालको सिचाई अवस्थाको अवलोकन पछि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले नागरिकको सेवाका लागि सिचाईको ब्यवस्था गर्दा जिवन स्तरमा समेत सुधार ल्याउन सकिएको र थप खानेपानीको समेत ब्यवस्था गरिने बताए । सोलार सिचाईले गर्दा गहु, मकै तरकारी उत्पादन तथा सरसफाईमा समेत सहजता पुगेको उनको भनाइ छ ।

निर्माणको अन्तिम चरणमा रहेको खर्कको खानेपानी योजनाको स्थालगत अनुगमन पश्चात उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले नागरिकको नैसर्गिक अधिकार खानेपानी तथा सरसफाईलाई पुर्णता दिन खानेपानीको योजना सञ्चालनमा ल्याईएको बताए ।

माछिताल र खर्कमा सिचाई तथा खानेपानिको काम गर्दै आएको नामसालिङ सामुदायिक विकास केन्द्र दाङका प्रमुख सशांकवावु आचार्यका अनुसार माछितालको सिचाईका लागि करिव २८ लाख रुपैया लगानी गरिएको छ जसमा गाउँपालिका तथा वडा नं १ ले १५ लाख, नामसालिङको १० लाख र स्थानिय नागरिकको ३ लाख लागतमा निर्माण सम्पन्न गरिएको हो । साथै खर्कको खानेपानी योजनामा गाउँपालिकाको ९ लाख र नामसालिङको ६ लाख लगानि रहेको छ ।

स्थानीय वगासोति खोलामा निस्कीएको मुललाई ब्यवस्थित तवरले संरक्षण गरि २ स्थानमा रिजर्भएर टंकी निर्माण गरि खानेपानी योजना सञ्चालन गरिन थालिएको छ । अटोमेटिक सोलार सिस्टम वाट पानी सञ्चालन हुने प्रविधि मार्फत पानी वितरण गरिने केन्द्र दाङका प्रमुख सशांकवावु आचार्यले जानकारी दिए ।