इन्द्रेणी संवाददाता
तुलसीपुर, १६ पुस । तुलसीपुर उपमहागनरपालिका वडा नं. १ स्थित विरेन्द्र माध्यामिक विद्यालय भ्युडर सुनपुरमा निर्माण गरिएको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । भवनको उद्घाटन तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले गरेका हुन् ।
विद्यालयको भौतिक पुर्वाधार विकासदेखि प्राविधिक शिक्षका लागि विकास गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाको तर्फबाट सबै खाले सहयोग गर्न तयार रहेको बताउँदै त्यसका लागि कार्यदल गठन गरेर योजना बनाउन आग्रह गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहागनरपालिका–१ का वडाध्यक्ष लक्ष्मण भण्डारी, समाजसेवी विनोद शर्मा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षद्धय प्रेम राज न्यौपाने, चुडामणी ढकाल, विद्यालय प्रधानाध्यापक टोपबहादुर बुढाथोकी, छात्रछात्राहरु सुमित्रा आचार्य, मोहन केसी र चन्द्रकला केसी लगायतले अर राखेका थिए ।
सो अवसरमा विभिन्न प्रतियोगितामा प्रथम, दृतिय र तृर्तिय हुनेलाई पुरस्कृत गरिएको थियो ।