इन्द्रेणी संवाददाता
दाङ, १४ पुस । दाङ प्रहरीले चेक अनादर मुद्दामा दोषि ठहर भएका फरार व्यक्तिलाई नियन्त्रणमा लिएको छ । दाङ देउखुरी जिल्ला अदालतबाट २०७७ फागुन ६ गते चेक अनादर मुद्दामा दुई वर्ष कैद फैसला सुनाएको थियो ।
पक्राउ पछि उनलाई अदालतमा बुझाइएको छ । पैसा नभएको बैंकको चेक दिएर पैसा ३ पटकसम्म नभएको सम्बन्धित निकायबाट प्रमाणित भएमा चेक अनादरको मुद्दा लाग्ने कानुनी व्यवस्था छ ।