Indrenionline.com

महिला र बृद्धबृद्धालाई क्षमता बृद्धि तालिम

दाङ, १३ पुस । घोराही उपमहानगरपालिका वडा नं. १४ ले वडामा रहेका बृद्धबृद्धा र महिलाहरुलाई क्षमता बृद्धि तालिम प्रदान गरेको छ । वडा स्तरीय सक्षम आमा समूहले विभिन्न टोलमा रहेका बृद्धबृद्धा र महिलाहरुको खोजी गरी क्षमता बृद्धि तालिम प्रदान गरेको हो ।

घरमा बस्दै आएका महिला र बृद्धहरुले आफ्ना कुरा सिधै घर परिवार,सरकारी कार्यालय र गैर सरकारी कार्यालय समक्ष राख्न नसक्दा धेरै समस्या भोगेको भन्दै उक्त तालिम दिएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए । उमेर ढल्किदै जाँदा बृद्धबृदाका कुरा कसैले नसुन्ने र समस्या पर्दा कसैले आफ्ना गुनासा नसुन्ने भएका कारण यो तालिम आफुलाई निकै फलदायी भएकोको सहभागिको अनुभव छ ।

गत पुस ११ देखि सुरु भएको तीन दिने तालिमको प्रशिक्षकमा मानव कल्याण समाजका अध्यक्ष सुमित्रा चौलागाई (सुमि मानव) रहेका थिए । तालिम समापन गर्दै वडा अध्यक्ष शक्तिराम डाँगीले परिवारलाई विश्वासमा राखे घर समाज र परिवारमा शान्ति हुने उल्लेख गरे ।

उनले आमा समुहलाई आगामी माघ १५ सम्म हुने वालमैत्री वडा घोषणा गर्न सहयोग पु¥र्याउँन आग्रह गरे । सक्षम आमा समुहका अध्यक्ष देवा सेनको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका मोति विश्वकर्मा, पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी लगायतले आफ्ना विचार राखेका थिए ।