इन्द्रेणी संवादाता
दाङ, ४ पुस । नेपाल पत्रकार महासंघ दाङशाखाले आज आफ्नो २९ औं स्थापना दिवस मनाउन लागेको छ । पुस १ गतेबाट विविध कार्यक्रमको आयोजना गरेर मनाउन शुरु गरिएको २९ औं स्थापना दिवसको अन्तिम दिन आज पत्रकार महासंघमा बृहत्त कार्यक्रमको आयोजना गरी मनाउन थालिएको हो ।
महासंघले स्थापना दिवसको अवसरमा पहिलो दिन पुस १ गते रक्तदान कार्यक्रम, दोस्रो दिन ‘नागरिकको आँखामा मिडिया’ विषयक अन्तक्र्रिया र तेस्रो दिन महासंघको वेवसाइट www.fnjdang.org सार्वजनिक गरेको सचिव आर.के. शितलले जानकारी दिए । नेपाल पत्रकार महासंघ दाङशाखा २०४९ सालमा स्थापना भएको हो ।