तुलसीपुर, २ पुस । दाङ विस्तारै सहकारी संस्थाहरु मर्ज हुदैछन् । यसैक्रममा तुलसीपुरका दुई सहकारी मर्ज भएछन् । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सप्तरंगी बहुमुखी सहकारी संस्था लिमिटेडबीच एकीकरण भएको हो ।
एकीकरणपछि पनि सहकारीको नाम हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेको अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिए । दुई सहकारी मर्जलाई अन्तिम रुप दिन दुवै सहकारीको प्रक्रिया गत वर्षदेखि नै शुरु भएपनि तुलसीपुर उपमहानगरपालिकामा एकीकरण सम्बन्धी कानुन निर्माणमा ढिलाइ भएका कारण केही ढिला गरी एकीकरण भएको उनले बताए ।
मर्जपछि सहकारीको एकीकरणवासलात १५ करोड पुगेको छ ।