इन्द्रेणी संवादाता
दाङ, २ पुस । मुलुकको विकास र समाज रुपान्तरणमा मिडियाको भूमिका महत्वपूर्ण भएको भन्दै यसलाई अझ विश्वनीय बनाउन जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् ।
कार्यक्रममा वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघ दाङ शाखाका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले पछिल्लो समयको राजनीतिक परिवर्तनसँगै पत्रकारिता क्षेत्रमा पनि समस्या देखिएको बताए । पत्रकारिताका नाममा केही पत्रकारहरुले दलीय आवरणमा पत्रकारिता गर्दा र केही स्वार्थका लागि गरिएको पत्रकारिताका कारण नागरिकहरुले पत्रकारिता क्षेत्रमा विश्वनीयतामा प्रश्न खडा गर्ने गरेको शर्माको भनाइ थियो ।
नागरिक समाज दाङका संयोजक केपी मसालले पत्रकारहरुले उचित पारिश्रमिक नपाउन समेत उनीहरुले दैनिकजसो हुने कार्यक्रममा फरक फरक परिचय दिन वाध्य भएको उल्लेख गर्दै यसले पनि पत्रकारिताको विश्वस्नीयतामा केही समस्या ल्याएको बताए ।
कार्यक्रममा नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी, नेपाली काग्रेसका उपसभापति गिरिराज सुवेदी, जनमार्चाका गणेश आचार्य, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, दाङ उवासंघका महासचिव महेन्द्र बुढाथोकी, पत्रकार महासंघका सल्लाहकार सविन प्रियासन, एचबी थापालगायतले आफ्ना धारणा राखेका थिए । सोत्र क्रममा उनीहरुले मिडियाबाट नागरिकले धेरै अपेक्षा गरेको भन्दै त्यो अपेक्षा पुरा गर्न पत्रकारहरुले पेशागत मर्यादामा रहेर स्वतन्त्र र निष्पक्ष रुपमा सूचना सम्प्रेसन गर्न आवश्यक रहेको बताएका थिए ।
महासंघका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुन्तोष सुवेदीले कार्यक्रमका बारेमा जानकारी दिएका थिए भने सहभागिहरुलाई स्वागत उपाध्यक्ष वसुन्धरा गौतमले गरेकी थिइन् । कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गरेका थिए ।