तुलसीपुर, १५ मंसिर । तुलसीपुर चेम्बर अफ कमर्सले महोत्सव अवधिभर दैनिक एक घण्टा स्थानिय कलाकारलाई स्थान दिने भएको छ । कमर्सको बुधबार विहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रथम पुरस्कार ३० हजार, द्धितिय पुरस्कार २० हजार, तृतीय पुरस्कार १० हजार र सान्त्वना पुरस्कार ५ हजार प्रदान गर्ने निर्णय गरेको सांस्कृतिक उपसमितिले जनाएको छ । समितिले उक्त प्रतियोगिताको लागि प्रेम प्रकाश मल्ललाई संयोजक र वाद्ययवादक संयोजक खुमेन्द्र पुन मगरलाई दिने निर्णय भएको छ । महोत्सव आउँदो पौष १ गतेदेखी १२ गतेसम्म संचालन हुन आयोजकले बताएको ।