देउखुरी, १४ मंसिर । राप्ती गाउँपालिकाको कार्यालयले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सफल बनाउदै समाजमा लैङ्गिक हिंसा अन्तका लागि सरोकारवालाको साथमा अभियान सञ्चालन गरेको छ ।
गाउँपालिका संग समन्वयमा राप्ती क्षेत्रमा विभिन्न उद्देश्य लिएर काम गर्दै आएको आधा दर्जन संघ संस्थाले लैङ्गिक हिंसा विरुद्धको अभियानमा एक्यबद्धता जनाउदै सहकार्य गरिरहेको उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले बताइन् ।
मंगलवार लैङ्गिक हिंसाको शिकारमा परेका र प्रभावितहरुको सहभागितामा जोडी (श्रीमान, श्रीमती) सचेतनाका लागि समविकास तालिमको क्रममा करिव १८ जोडिलाई लैङ्गिक हिंसाको बेफाईदाको वारेमा प्रशिक्षण सुरु गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवन कुमारी जीसीले जानकारी दिएकी छन् ।