Indrenionline.com

पुसमा ब्यबसायिक महोत्सवको समय उपयुक्त छैन : व्यवसायीहरु

तुलसीपुर, १४ मंसिर । पुस महिनामा ब्यबसायिक महोत्सवहरु सान्दर्भिक नभएको ब्यबसायिहरुले बताएका छन । सोमबार तुलसीपुर उद्योग बणिज्य संघको आकस्मिक बैठकमा बोल्ने बक्ताहरुले जाडो सिजन सुरु भएकै महिनामा महोत्सव सन्चालन गर्दा ब्यबसाय धरापमा पर्ने भन्दै बताएका हुन ।

फेन्सि ब्यबसायि उपसमितिका सयोजक समेत रहेका ब्यबसायि रुपेश शर्माले सिजन सुरु हुदै ल्याएका सामानहरु ९ महिना सम्म गोदाममा थन्काउने अबस्था आउन सक्छ बजार महोत्सवले केन्द्रित गर्छ उनले भने ।

कोभिडले थिलोथिलो पारेको बजार फेरि उठन समय लाग्ने भन्दै महोत्सवका पक्ष र बिपक्षमा बिभिन्न २४ वटा उपसमितिका पदाधिकारीहरुले बैठकमा आआफ्नो धारणा रेखेका थिए । फेन्सि लगायत अन्य ब्यबसायको सिजन सुरु हुने हुदा माघ पछि नै महोत्सव सन्चालन गर्नुपर्ने उनीहरुले सुझाब दिएका छन् ।

तुलसीपुर उधोग बाणिज्य सङघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको बैठकमा निबर्तमान अध्यक्ष बिरबहादुर रावत,पुर्ब अध्यक्ष बिमल रिजाल,सल्लाहकारहरु अनुपकुमार श्रेष्ठ ,मिनराज वलि,बिभिन्न उपसमितिका पदाधिकारीहरु नरेशराज भण्डारी,तिर्थ डाँगी,हरि कडेल, केशबराज सापकोटा, होताराम आचार्य, दामोदर गुप्ता, मिनराज भण्डारी, ललितजग शाह, रुपबहादुर खत्री ,देबबहादुर केसी लगायतकाले बोलेका थिए ।