इन्द्रेणी संवाददाता
दाङ, ८ मंसिर । नेपाली कांग्रेसले १४ औँ महाधिवेशन अन्तर्गत दाङमा तीन वटै निर्वाचन क्षेत्रमा नेतृत्व चयन भएको छ ।
त्यस्तै क्षेत्र नं. १ को सचिवमा खेमलाल चौधरीले ४२१ र हरिहर शर्मा ४०० मत प्राप्त गरी निर्वाचित भएका छन् । सहसचिव पदमा गोबिन्दकुमार वलीले ४६३ र प्रकाशकुमार जिसीले ४०८ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै क्षेत्र नं. २ को सचिवमा हिमबहादुर डाँगी र डाँगी प्यानलका आरके शितलले समान ३२१ मत प्राप्त गरी बिजयी भएका छन् । सहसचिवमा रमेशकुमार पाण्डेले ४०२ र रञ्जित श्रेष्ठ ३३९ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै क्षेत्र नंं ३ को सचिवमा सोभाखर सापकोटाले ४६० र पुर्णबहादुर खत्रीले ४१६ मत प्राप्त गरी विजयी भएका छन् । सहसचिवमा भिमकान्त भट्राईले ४४८ र डेफुलाल चौधरी ४३८ मत प्राप्त गरी विजयी भएका छन् ।