इन्द्रेणी संवाददाता
दाङ, ७ मंसिर । दाङमा प्रहरीले लागुऔषध ब्रोउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक बहाराइच तपसिल नानपाराका २८ वर्षिया नाइम रहेका छन् ।
सो क्रममा जकेटको गोजीमा लुकाइ राखिएको अवस्थामा उक्त ब्राउन सुगर प्रहरीले फेला पारेको थियो । आइतवार बेलुका करिव ५ बजेको समयमा पक्राउ परेका उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।