इन्द्रेणी संवाददाता
दाङ, ६ मंसिर । दाङमा प्रहरीले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ राजपुर गाउँपालिका ६ का ३८ वर्षका सर्यबहादुर चौधरी र घोराही ५ रानीजरुवाका ३१ वर्षका महेन्द्र खड्का रहेका छन् ।
मोटरसाइकलमा झोलामा लुकाइ राखेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द प्रसाद रिजालले जनाएका छन् । उनीहरुबाट ८ फिट २ इन्च लम्बाइ रहेका बाघको छाला बरामद गरिएको छ ।