हापुरे, ४ मंसिर । बबई गाउँपालिकाको मलई क्षेत्रमा नेकपा माओबादी केन्द्रका २५ कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बबई गाउँपालिका ७ को मलई जलजला क्षेत्रमा राजनीतिक पकड राख्ने केन्द्रका स्थानीय नेताहरु एमाले पाटीमा प्रबेश गरेका हुन् ।
स्थानीय तहको निर्बाचनमा २०७४ सालमा केन्द्रका तर्फबाट निर्वाचनमा वडा सदस्यका उम्मेदवार बनेका रेवन्त खत्री, गीता परियारसहित २५ जना नेकपा एमालेमा प्रवेश गरेका थिए । बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले पार्टी प्रवेश गरेका नवआगत्नुक कार्यकर्ताहरुलाई टिका लगाएर स्वागत गरेका थिए ।