दाङ,२८ कार्तिक । कलश बचत तथा ऋण सहकारी संस्था लि. को दशौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बालचन्द्र शर्माको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद शर्माको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।
कार्यक्रममा घोराही उप महानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखा प्रमुख होमलाल भुसाल,बचत तथा ऋण सहकारी संघका सचिव बिमल अधिकारी,नेप्स्कुन फिल्ड कार्यालय दाङ व्यवस्थापन उपसमितिका सदस्य हुमा डिसी,राष्ट्रिय सहकारी बैंक दाङ शाखा समन्वय समितिका अध्यक्ष भरत बहादुर बुढाथोकी,प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारी,पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी,प्रेस सल्लाहकार हेमराज शर्मा,सेयर सदस्य मादव बहादुर खत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा संस्थाका ऋण तथा बचतको उत्कृष्ट कार्य गर्ने अमर चन्द,वसन्ती खड्का,नियमित दोव्वर भुत्तानी बाल बचत गर्ने होनिश थपलिया, धेरै सदस्य बनाउने नवराज भण्डारी,निवर्तमान सञ्चालकहरु धुर्वराज पौडेल,कमला खनाल पौडेल,निशा शर्मा दाहाल लगायतलाई सम्मान गरिएको थियो ।
यसैगरी आ.व.२०७७/०७८ मा सवै भन्दा बढी ऋण तथा बचत गर्ने हेमराज शर्मा,गुरुप्रसाद खनाल,शशिधर खनाल,शालिकराम खनाल,नविन कुमार पाण्डेय,शिवराज खनाल,लक्ष्मण शर्मा,माधव खनाल,धुर्वराज पौडेल,सरस्वती वस्नेतलाई संरक्षित फिर्ता पुँजि कोषको रकम बितरण गरिएको थियो । साधारणसभाको बन्दसत्रले अध्यक्ष,कोषाध्यक्ष र लेखा उपसमितिका संयोजकको प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो । कार्यक्रमको सहजीकरण सचिव बिमल योगीले गरेका थिए ।