Indrenionline.com

कम्युनिष्ट पार्टीका पुराना नेता विसीको निधन

इन्द्रेणी संवाददाता
दाङ, २६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता मेघबहादुर विसीको आज शुक्रबार निधन भएको छ।

एमालेका पुराना नेताका रुपमा परिचित विसीको ७४ वर्षको उमेरमा गएको मध्यराति घोराही खिरिट्टेस्थित आफ्नै निवासमा निधन भएको हो ।

दंगाली कम्युनिष्ट आन्दोलनमा नेता विसीको ठूलो योगदान रहेकाले उनको निधनबाट पार्टीलाई अतुलनिय क्षति भएको नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काले बताएका छन । मृतक विसीको आज विहान घोराहीस्थित संकेपिपलमा दाहासस्कार गरिदिैछ ।